२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विवाह समारोहमा कुटपिट हुँदा घाइते भएका एक पुरुषको मृत्यु

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

पर्सामा एक विवाह समारोहमा कुटपिट हुँदा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

विवाह समारोहमा नाच्ने विषयमा विवाद हुँदा जिराभवानी गाउँपालिका–४ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दीमाथि कुटपिट भएको थियो ।कुटपिटबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।

बुधबार बिहान ४ बजेतिर सरुम राउत गद्दीका छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झगडा भएको थियो । अरु ब्याण्ड बजाएर नाचिरहेको स्थानमा पुगेर सैमुल्लाहले ब्याण्ड ठूलो आवाजमा बजाएको भन्दै बन्द गर्न लगाएको थिए ।

त्यही विषयमा उनीमाथि टर्च लाइटले टाउकोमा हानिएको थियो । त्यसपछि उनलाई घर लगेर सुताए । अरु भने जन्ती गएका थिए । तर सुतिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि अस्पताल लगिएको थियो ।

अहिले सैमुल्लाहका परिवारले जाहेरी दिएका छन्। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]