०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

विवाह समारोहमा कुटपिट हुँदा घाइते भएका एक पुरुषको मृत्यु

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

पर्सामा एक विवाह समारोहमा कुटपिट हुँदा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

विवाह समारोहमा नाच्ने विषयमा विवाद हुँदा जिराभवानी गाउँपालिका–४ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दीमाथि कुटपिट भएको थियो ।कुटपिटबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।

बुधबार बिहान ४ बजेतिर सरुम राउत गद्दीका छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झगडा भएको थियो । अरु ब्याण्ड बजाएर नाचिरहेको स्थानमा पुगेर सैमुल्लाहले ब्याण्ड ठूलो आवाजमा बजाएको भन्दै बन्द गर्न लगाएको थिए ।

त्यही विषयमा उनीमाथि टर्च लाइटले टाउकोमा हानिएको थियो । त्यसपछि उनलाई घर लगेर सुताए । अरु भने जन्ती गएका थिए । तर सुतिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि अस्पताल लगिएको थियो ।

अहिले सैमुल्लाहका परिवारले जाहेरी दिएका छन्। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]

दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुन मगरले भन्नुभयो, ‘कोरोनाको महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रुपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्दछ ।’ दाङलाई […]

(एबिसि संचार )                                                                    काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]