२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान साहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

पर्सा, आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दासकी श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । उक्त   घटनाको थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखिएपछि शंका लागि कुशललाई नियन्त्रणमा लिई सोधुपछ गर्ने क्रममा कुशलले श्रीमती पर-पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको  खुल्न आएको हो । हत्या पश्चात कुशलले आफ्नै भाई २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ । वारदातमा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई वीरगंज महानगरपालिका-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै  कुशलको भाई भरतलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

( Nepal police)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]