२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व हो डिआईजी :उपाध्याय

Logo
प्रकाशित शुक्रबार, पुष ०८, २०७९

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्तिसुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् ।

क्राईमबिट्का पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन चकिएपछि प्रहरी ‘अलर्ट’ बनेको डिआइजी उपाध्यायले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् ।


अपराध अनुसन्धानदेखि नियन्त्रणसम्म प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले जनताको ज्यूधनको सुरक्षाका लागि प्रहरी आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने डिआईजी उपाध्याय बताए ।


शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै पनि बहानामा सम्झौता नहुने भन्दै उपाध्यायले पछिल्लो मुलुकको परिस्थिति अनुसार सुरक्षालाइ चुस्तदुरुस्त राख्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । सुरक्षा कायम गर्न प्रहरीबाट कुनै कमजोरी हुन नहुने बताउँदै उनले नागरिक र प्रहरी मिलेमा नै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]