२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अपराधीक गतिविधि रोक्न गढवामा सिसि क्यामरा जडान इप्रका गढवालाई एलइडी टिभी प्रदान

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

ABC (क्राईमबिट)
दाङ । गढवा गाउँपालिकाले इलाका प्रहरी कार्यालय गढवालाई १ वटा टेलिभिजन प्रदान गरेकाे छ । शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सहितकाे टाेलीले इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीलाई ५६ इन्चको यु एच डि एलइडी टेलिभिजन हस्तान्तरण गरेको हाे।

गढवा गाउँपालिकाको बजार क्षेत्रको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै गढवा बजारको विभिन्न स्थानमा क्यामेरा जडान पछि निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय गढवालाई साे टेलिभिजन हस्तान्तरण गरेको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले बताए। अध्यक्ष पोख्रेलका अनुसार गढवा गाउँपालिका भित्र चोरी लगायत अपराधिक गतिविधि लाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरिएको हो । र त्यसलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो निगरानीमा राख्ने बताए।

‘सुखी गढवा खुसी गढवा गाउँपालिका’ निर्माणमा आफू लागि परेको बताउँदै १ नम्बर वडा देखि ८ नम्बर वडा सम्मका मुख्य मुख्य ठाउँमा स्थानीयको सल्लाह-सुझाव अनुसार अघि सिसिटिभी क्यामेरा जडान गरिने बताए। राप्तीको प्रवेश द्वारको रुपमा रहेको गढवा गाउँपालिकालाई सुरक्षित बनाउने उदेश्यले गढवा बजारको मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । भने केही स्थानमा आवश्यकता अनुसार सिसिटिभी क्यामेरा जडान गरिने गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिएकी छिन् । गाउँपालिकामा अपराधिक गतिविधिमा कमी आउने उपाध्यक्ष चौधरीको विश्वास छ ।

टेलिभिजन हस्तान्तरण कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]