२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पर्सा जिल्लामा भर्खरै सरुवा भई आउनुभएका एसपी शाहको एकपछि अर्को एक्सन

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९

 

ABC (क्राईमबिट)
पर्सा । भारतबाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै एसपी कोमल शाहले आफै फिल्डमा खटीने गरेका छन्।

एसपी शाहले जिल्ला मातहत रहेको बिर्ता इन्सपेकटर बिशाल मल्ललाई समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन गरेका छ्न । एसपी शाह कै निर्देशनमा प्रहरी टोलीले मंगलबार राती करिब ०१:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १० ग्रिन सिटी चोक स्थित सडक खण्डमा प्र. २-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नमस्ते कार्गो ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अन्दाजी मूल्य रू. ५५ लाख १२ हजार ५ सय ३१ बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार राति करिब ०२:०० बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा औषधी सामानहरू बोकेको एउटा मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यसतै विशेष सूचनाको आधारमा उक्त दिन जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले वीरगंज बाट बाँके तर्फ गईरहेको वीरगंज महानगरपालिका वडा नं. ०८ घण्टाघर चौक स्थित सडकखण्डमा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नेपाल रोड क्यारियर ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अन्दाजी मूल्य रू. ९४ लाख २१ हजार १५ बराबरको खुद्रा, हार्डवेयर तथा औषधीजन्य सामाग्रीहरू फेला परेको हुँदा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!