२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पर्सा जिल्लामा भर्खरै सरुवा भई आउनुभएका एसपी शाहको एकपछि अर्को एक्सन

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९

 

ABC (क्राईमबिट)
पर्सा । भारतबाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै एसपी कोमल शाहले आफै फिल्डमा खटीने गरेका छन्।

एसपी शाहले जिल्ला मातहत रहेको बिर्ता इन्सपेकटर बिशाल मल्ललाई समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन गरेका छ्न । एसपी शाह कै निर्देशनमा प्रहरी टोलीले मंगलबार राती करिब ०१:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १० ग्रिन सिटी चोक स्थित सडक खण्डमा प्र. २-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नमस्ते कार्गो ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अन्दाजी मूल्य रू. ५५ लाख १२ हजार ५ सय ३१ बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार राति करिब ०२:०० बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा औषधी सामानहरू बोकेको एउटा मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यसतै विशेष सूचनाको आधारमा उक्त दिन जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले वीरगंज बाट बाँके तर्फ गईरहेको वीरगंज महानगरपालिका वडा नं. ०८ घण्टाघर चौक स्थित सडकखण्डमा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नेपाल रोड क्यारियर ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अन्दाजी मूल्य रू. ९४ लाख २१ हजार १५ बराबरको खुद्रा, हार्डवेयर तथा औषधीजन्य सामाग्रीहरू फेला परेको हुँदा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]