१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

कञ्चनपुरमा ३ जना भारतीय लुटेराहरु पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । बेलौरी नगरपालिका १ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए।

पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ।

‘शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्,’ उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ।’

पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन्।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!