१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

देशभर हुस्सु र चिसो बढेसंगै यस बर्षको सर्बाधिक चिसो मंगलबार

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९

(ABC-Sanchar)

काठमाण्डौमा । आजको तापक्रम ४.२ डिग्रि सेल्सियम कायम भएको छ भने बांके जिल्लाको न्युनतम तापक्रम ६.५डिग्रि सेल्सियम देखि अधिकतम ११.४ डिग्रि सेल्सियम सम्म मापन भएको छ । बांकेको यो तापक्रम मंगलबार बिहानदेखि अपरान्न ४ बजे सम्मको हो ।

शनिबारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि निरन्तरअत्यधिक चिसो बढीरहेको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकारी रुपन ज्ञवालीले कोहलपुर टाईम्सलाई बताए । हुस्सु लागेसंगै विहान देखि सांझसम्म शीतलहर चल्न सुरु भएको छ । पश्चिमबाट चिसो बतास चल्दा जनजिवन थप कष्टकर बनेको हो ।

हुस्सुका कारण आन्तरीक हवाई सेवा समेत प्रभाबित भएको छ । काठमाण्डौबाट बिराटनगर, धनगढि तथा नेपालगञ्ज बिमानस्थलमा हवाई सेवा प्रभाबित भएको छ भने लुक्ला, सुर्खेत, पोखरा लगायतका ठाउँमा उडान सुचारु रहेको नागरिक उड्यण कार्यालयले जनाएको छ । विराटनगर, नेपालगञ्ज र धनगढीमा बाक्लो हुस्सुका कारण उडान प्रभावित भएका छन । बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । विहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र सङ्घीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।

जहाज अवतरण र उडानका लागि भिजिविलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरुलगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ । नेपालगञ्ज रांझा बिमानस्थलबाट हिमाली तथा पहाडि जिल्लामा हुने नियमित उडान समेत प्रभावित भएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । चिसोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

 

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि बालबालिका, बृद्धबृद्धा, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई चिसोले गर्दा समस्या भएको छ । कोहलपुरका सडक तथा बजार क्षेत्रमा मानिसहरुको उपस्थिती समेत पातलो हुदै गएको छ भने केहि स्थानिय ब्यापारीहरु प्लाष्टिक दाउरा बालेर न्यानोको जोहो गरिरहेको चोक तथा गल्लिहरुमा देख्न सकिन्छ ।

हुस्सुका कारण बैजनाथ,कोहलपुर, रांझा, नेपालगञ्ज, खजुरा लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरु सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

 

यस सन्दर्भमा कोहलपुर नगरपालिका नगर बिपद ब्यबस्थापन समितीको गत बुधबार बसेको बैठकले कोहलपुरमा चलिरहेको शितलहरलाई मध्य नजर गर्दै जिटुजि मार्फत दाउरा मुढा खरिद गर्ने निर्णय गरेको भएपनि आज ६ दिन पुग्दा सम्म दाउरा बितरण गर्न भने सकेको छैन । खरिद गरिएको दाउरा मुढा वडाहरुलाई बितरण गर्ने र वडाहरुले आबश्यकता अनुसार नगर तथा गाउका चोकहरुमा दाउरा वितरण गर्ने योजना रहेकोमा खरिदका लागि आज मंगलबार मात्र रकम निकासा भई खरिदको प्रक्रियामा गएको नगर बिपद ब्यबस्थापन शाखा कोहलपुरले जनाएको छ । बुधवार दाउरा मुढा बितरण गर्ने अधिकतम प्रयास रहने बताइएको भएपनि नागरिक स्तरबाट बिश्वस्त हुने बाताबरण नभएको आकलन गरिएको छ ।

चिसो बढेसंगै बालबालिकाहरुलाई विद्यालय जान समेत समस्या हुन थालेको स्थानिय अभिभावकहरु गुनासो गर्न थालेका छन । यस सम्बन्धमा नगर शिक्षा समिती कोहलपुरले अहिलेको अबस्थामा बिद्यालयहरुमा बिदा दिने नदिने बारे निर्णय भने अझैसम्म गरि सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]