२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रुपैडियामा नागरिकलाई एसएसबीले चेकजाँचको नाममा घण्टौं लाइन भारतीय ब्यापारीहरुको बिरोध

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज रुपैडिया भारतमा
औषधि किन्न रुपैडिया गएर फर्कँदै गरेका दाङ घोराही उपमहानगरपालिका १५ निवासी जानकी चौधरीलाई रुपैडिया पस्दै गर्दा एसएसबी प्रहरीले शरीर पूरै चेकजाँच गयो कपडा सम्म खोल्न भने । आईडी कार्ड या नागरिकता माग्दै रोक्यो । केही परिचयपत्र नभएपछि फर्काउन खोज्यो । डाक्टरले दिएको पर्चा देखाएर उनी बल्लतल्ल रुपैडिया प्रवेश गरे । आईडी कार्ड नबोकेका र मास्क नलगाएका व्यक्ति उनकै अगाडिबाट फर्काइए । कतिले स्कुले पोशाकमै रहेका बालबालिकाबाट मास्क किनेर लगाएर फेरि भारत प्रवेशको प्रयास गरे । चौधरीले भने, ‘रुपैडियाबाट फर्कँदा पनि एसएसबी प्रहरीले फेरि चेकजाँच गयो । मोटरसाइकल, स्कुटर, पाइडल रिक्साको लामै लाइन थियो । स्कुटरका डिग्गी र रिक्सा खोलेर सबै देखाउनु परेको थियो ।’
एसएसबीले भारत जाँदा र आउँदा गरेको चेकजाँचलाई नेपालीहरुले संकटकालमा नेपालका सुरक्षाकर्मीले चेकजाँच गरेको झल्को दिएको बताइरहेका थिए । कति यति धेरै झन्झट ब्यहोरेर अब देखि कहिले पनि सामान किन्न नजाने भन्दै थिए । नेपाल भारत खुला सीमामा एसएसबी प्रहरीले गरेको कडा चेकजाँचको भारतीय व्यापारीले पनि विरोध गरिरहेका छन् । रुपैडियाका व्यवसायीहरुले पनि एसएसबीले चेकिङका नाममा ज्यादती गरिरहेको बताउँछन् सबै ब्यापारीहरु मिलेर चेकजाँचलाई केही खुकुलो गर्न एसएसबीलाई अनुरोध गर्ने बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]