०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

रुपैडियामा नागरिकलाई एसएसबीले चेकजाँचको नाममा घण्टौं लाइन भारतीय ब्यापारीहरुको बिरोध

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज रुपैडिया भारतमा
औषधि किन्न रुपैडिया गएर फर्कँदै गरेका दाङ घोराही उपमहानगरपालिका १५ निवासी जानकी चौधरीलाई रुपैडिया पस्दै गर्दा एसएसबी प्रहरीले शरीर पूरै चेकजाँच गयो कपडा सम्म खोल्न भने । आईडी कार्ड या नागरिकता माग्दै रोक्यो । केही परिचयपत्र नभएपछि फर्काउन खोज्यो । डाक्टरले दिएको पर्चा देखाएर उनी बल्लतल्ल रुपैडिया प्रवेश गरे । आईडी कार्ड नबोकेका र मास्क नलगाएका व्यक्ति उनकै अगाडिबाट फर्काइए । कतिले स्कुले पोशाकमै रहेका बालबालिकाबाट मास्क किनेर लगाएर फेरि भारत प्रवेशको प्रयास गरे । चौधरीले भने, ‘रुपैडियाबाट फर्कँदा पनि एसएसबी प्रहरीले फेरि चेकजाँच गयो । मोटरसाइकल, स्कुटर, पाइडल रिक्साको लामै लाइन थियो । स्कुटरका डिग्गी र रिक्सा खोलेर सबै देखाउनु परेको थियो ।’
एसएसबीले भारत जाँदा र आउँदा गरेको चेकजाँचलाई नेपालीहरुले संकटकालमा नेपालका सुरक्षाकर्मीले चेकजाँच गरेको झल्को दिएको बताइरहेका थिए । कति यति धेरै झन्झट ब्यहोरेर अब देखि कहिले पनि सामान किन्न नजाने भन्दै थिए । नेपाल भारत खुला सीमामा एसएसबी प्रहरीले गरेको कडा चेकजाँचको भारतीय व्यापारीले पनि विरोध गरिरहेका छन् । रुपैडियाका व्यवसायीहरुले पनि एसएसबीले चेकिङका नाममा ज्यादती गरिरहेको बताउँछन् सबै ब्यापारीहरु मिलेर चेकजाँचलाई केही खुकुलो गर्न एसएसबीलाई अनुरोध गर्ने बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!