०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

डिआईजी सिंहलाई कंचनपुरकी निर्मला पन्तको हत्याको छानबिनमा खटायो

Logo
प्रकाशित शुक्रबार, पुष २२, २०७९

ABC (क्राईमबिट) काठमाडौं । कंचनपुरकि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ।
गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन्। समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए।

२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको हत्या भएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा वर्तमान एसएसपी गणेश चन्दले पनि कञ्चनपुरमा बसेर लामो अनुसन्धान गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!