२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी सिंहलाई कंचनपुरकी निर्मला पन्तको हत्याको छानबिनमा खटायो

Logo
प्रकाशित शुक्रबार, पुष २२, २०७९

ABC (क्राईमबिट) काठमाडौं । कंचनपुरकि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ।
गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन्। समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए।

२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको हत्या भएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा वर्तमान एसएसपी गणेश चन्दले पनि कञ्चनपुरमा बसेर लामो अनुसन्धान गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]