०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

काठमाडौं त्तापक्रम २.५ डिग्रीमा झर्‍यो

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९

काठमाढौं । हिउँद लागेसँगै चिसो बढेनुका साथै देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २।५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस थियो ।

यसअघि, यही पुस २१ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस थियो ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५।८ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३, दिपायलको ३।७, पोखराको ४।५, डडेलधुराको ४।६, ताप्लेजुङको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

error: Content is protected !!