३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

काठमाडौं त्तापक्रम २.५ डिग्रीमा झर्‍यो

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९

काठमाढौं । हिउँद लागेसँगै चिसो बढेनुका साथै देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २।५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस थियो ।

यसअघि, यही पुस २१ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस थियो ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५।८ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३, दिपायलको ३।७, पोखराको ४।५, डडेलधुराको ४।६, ताप्लेजुङको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरारोड र आसपासका तल्लो भेगका घर तथा पसलहरूमा पानी पसेको यातायात प्रभावित सडकमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या स्थानीय बासिन्दालाई दैनिक कामकाजमा समस्या नेपाल प्रहरी र स्थानीय प्रशासनले स्थिति अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र आवश्यक उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। *सर्वसाधारणलाई अनुरोध:* – नदी तथा खोला […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]