३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

संगै पढ्ने साथिको अपहरण

Logo
प्रकाशित सोमबार, पुष २५, २०७९

पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन ।आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

परिवारले आफ्ना छोरा हराएको भन्ने खबर दिएपछि प्रहरीको टोली खटिएको थियो । उक्त टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको हो ।

पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे । उनीमाथि रिस, द्वेश र आरिसका कारण अपहरण गरेको पाइएको हो ।

अपहरण गर्ने बालकहरूलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!