१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

पाल्पाबाटै सवारी चालक लाइसेन्स अनुमतिपत्र दिन सुरु

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९

 (ABC-Sanchar) पाल्पा । सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ ।

सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा उनले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई मध्यनजर गर्दै पाल्पाबाटै सेवाको थालनी गरिएको बताए ।

पहाडी जिल्लामै पहिलोपटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गरेको हो । यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ ।

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयवासीलाई बुटवल आउनजान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको छ ।

साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ । तीन करोड ५० लाख बजेट आवश्यक भए पनि यस वर्ष मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन गरिएको छ ।

जिल्लामा पहिलोपटक दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुर १९ बासगढीमा पैदल हिडीरहेकी स्थानिय ६५ बर्षीया गौमती रोकालाई हिजो मोटरसाइकलले ठक्कर दिएको थियो । हिजो दिउँसो करिब साढे २ बजेको समयमा रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी रोकाको उपचारको क्रममा मृत्यु भएको छ । रोकालाई ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–७ का १६ वर्षका लक्ष्मण भुसाललाई […]

रुस । विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ। यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। दुवै घटना बुधबार आएको […]

दाङ । नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसर र घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया स्थित शिव पार्वती तथा राधाकृष्ण मन्दिर गुलरिया परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न ।

error: Content is protected !!