२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मलेसियामा अलपत्र परेका २८ जना नेपाली कामदारहरुको उद्धार

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९


(ABC-Sanchar) काठमाडौँ । मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार गरिएको छ । क्वालालाम्पुरस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको व्यवस्थापन गरिएको जानकारी दिएको छ ।

दूतावासका अनुसार मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ त्जे इन्टरप्राइज एसडीएन बीएचडीमा काम गर्न गत ८ सेप्टेम्बरमा गएका २८ जना नेपाली नागरिकलाई काम गर्ने सिलिसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको थियो ।

कम्पनीबाट निकालेर अन्यत्र राखिएका २८ जनामध्ये ९ जनालाई सोही काममा फकाईएको छ । सात जनालाई ११ जनवरीमा नेपाल फर्कने व्यवस्था गरिएको छ भने बाँकी १२ जनाको हकमा पनि नेपाल फर्कने वा रोजगारीमा फर्कने उनीहरूकै छनोट अनुसारको व्यवस्था गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]