०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँके ट्राफिक प्रमुख शाह साईकल यात्रुको सुरक्षाका लागि रातीमा टल्किने स्टिकर टाँस्ने अभियानमा ब्यस्त

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९


(सागर थापा) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिइएको छ ।

सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले मदन चोक चिसापानी चोक लगाएतको स्थानहरुमा साइकल अटो ट्याक्टर मोटरसाइकल स्कुटी लगाएतको सवारी साधनहरुमा बाँके ट्राफिक प्रहरीले रातिमा टल्कने स्टिकर लगाउनुको साथै विभिन्न चोकहरुमा ट्राफिक चिन्ह टल्कने स्टिकर लगाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले सम्पूर्ण सवारी साधन र विशेष गरि साइकल चलाउदा ध्यानदिनु पर्ने बताए ।

बजार क्षेत्रमा बिभिन्न उद्देश्य संगै कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य सवारिसाधनहरूमा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

सडकमा बत्ति नभएको ठाउँमा साइकलको यात्रा जोखिमयुत्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियानलाई निरन्तरता दिइएको र बाँकेमा चिसो र हुस्सुले केही पनि नदेख्ने भए पछी ट्राफिक प्रहरीले यो अभियान चालेको हो अब यस्तो अभियान बाँके जिल्लाभर गर्ने बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]