२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थलबाट हुने दैनिक उडान प्रभावित

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९


हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्। नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरू ढिलो र स्थगित हुने गरेका हुन्।

हरेक दिन जहाज एउटा मात्रै उडान भए पनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरू बताउँछन्। जहाजको क्षमता १८ जनाको भए पनि जहाजमा सामानहरू भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरूले बताए। नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ। विमान स्थालबाट काठमडाैं, पोखरालगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रूकुम जिल्लामा पनि उडान हुँदै आएको छ।

अहिले जाडो सिजनमा हुस्सु र शीतलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हँुदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए। उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए।

चिसोका कारणले पहाडी भेगका मानिसहरू धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए। उनले जहाजमा मानिसहरू यात्रा कम गर्न थालेपछि एयारलइन्सहरूले कार्गो गरिरहेको बताए।

यात्रुहरू अपुग भएपछि एयरलइन्सहरू मिलेर सीमित उडान गरिरहेको प्रमुख खनालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!