२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रूपेश तामाङ रहेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

error: Content is protected !!