२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जिल्ला ट्राफिक दाङमा कार्यरत हवलदार बिष्टले भेटिएको ३५ हजार सम्बन्धित व्यक्तिलाई बुझाए

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९


ABC (क्राईमबिट)
दाङ । घोराहीमा भेटिएको ३५ हजार बढी नगद रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको छ । घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकको पिपल चौतारीमा झोला सहित भेटिएको ३५ हजार ४ सय नगद र नविल बैंकको चेक एक थान सहित प्रहरीले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बिष्टले भेटाउनुभएको उक्त रकम र चेक घोराही उपमहानगरपालिका ४ बस्ने बसन्ता पोख्रेलको भएको र फिर्ता गर्नुभएको हो । पिपल बोटको चौतारिमा बसेकी पोख्रेलले झोला बिर्सीएर हिडेपछि प्रहरी हवल्दार विष्टले भेटाउनुभएको थियो । पछि पोख्रेल सम्पर्कमा आएपछि उहाँकै पैसा र चेक भएको पुष्टि भएपछि प्रदान गरिएको हवल्दार बिष्टले बुझाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]