३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

करणीको आरोपमा युवक पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९

सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ का २५ वर्षीय विक्रम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु जनाएको छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी राम किशोर शाहका अनुसार एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरिएको हो ।युवक उपर जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणीबाट बालिका गर्भवती रहेको पारिवारिक श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!