११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

मकर सङ्क्रान्ति मनाइँदै

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

यसवर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । त्यसैले यसलाई माघस्नान पनि भनिन्छ ।माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!