३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

नारायणी नदीमा मिनी पानी जहाज (क्रुजसिप) सञ्चालनमा आयो

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९

(ABC-Sanchar) चितवन । दुई वर्ष अगाडि नै सञ्चालनमा ल्याउने भनिए पनि आज(आइतबार)देखि नियमित रुपमा सञ्चालनमा आएको हो।

राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण कार्य थालेको थियो। तर, कोरोना भाइरस र केही नीतिगत कारणले ढिलाई भएको दिपक ढुंगेलले जानकारी दिए। नितीगत समस्याको समाधान भैसकेकाले अबदेखि नियमित सञ्चालनमा आउने उनले बताएका छन्।

‘२ वर्ष पहिलेनै सफल परीक्षण भई सञ्चालनको तयारीमा थियौँ। कोभिड र केही नीतिगत व्यवधानका कारणले ढिलाई हुन पुग्यो,’– उनले भने। नागरिक तथा पर्यटन उड्यन मन्त्रालयबाट स्वीकृत लिएर मन्त्रीपरिषदले पास गरेपछि राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले २०७५ साल चैत १ गतेदेखि नारायणी नदी किनारमा क्रुजसिप निर्माण गर्न थालेको हो।

तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले यस परियोजनालाई प्राथमिकताका साथ हेरेका थिए। दुई वर्षअघि क्रुजसिप परीक्षणमा उपराष्ट्रपति नन्दबहादुर पुन, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल, मुख्यमन्त्री डोरमणी पौडेल समेत चढेका थिए।

२० जना पर्यटन व्यवसायी मिलेर १५ करोड बढी खर्च गरेर क्रुजसिप निर्माण गरेका हुन्। आइतबारदेखि व्यवसायीक रुपमा सञ्चालन गर्न शुल्क समेत निर्धारण भैसकेको छ। भरतपुर–१६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ।

ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिकटका लागिमात्र ७ सय रुपैयाँ तोकिएको छ। झण्डै १ घण्टा नारायणीमा सयर गर्न पाइने व्यवस्था मिलाइने बताए। ३ तला रहेको क्रुजसिपमा १ सय ८० जना यात्रु एकैसाथ चढ्न पाउनेछन्। हरेक यात्रुको १० लाख बराबरको विमा हुनेछ।

क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ। राइनो क्रुजसिप नामको सो मिनी पानी जहाज नारायणी नदीको दृश्यावलोकन गर्दै स्वदेशी तथा विदेशी पर्यटक रमाउने उनको भनाइ छ।

४० किलोमिटर सञ्चालनको अनुमति पाएपनि नदीले बाटो परिवर्तन गरेको र नदीको सतह वर्षभरीकै न्यूनतम सत
नारायणी नदीमा आजदेखि क्रुजसिप चला

नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो।

दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो। कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ।

कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुनेछ। तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन्।

क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको छ। क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय रुपैयाँ, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय रुपैयाँ, लञ्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय रुपैयाँ तेकिएको ढुङ्गेलले जानकारी दिए।

भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ। एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन्।

क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

क्रुजसिप निर्माणमा १५ करोड रुपैयाँ बढी खर्च भएको कँडेलले जानकारी दिए। उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए। क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ।

४० किलोमिटर सञ्चालनको अनुमति पाएपनि नदीले बाटो परिवर्तन गरेको र नदीको सतह वर्षभरीकै न्यूनतम सतहमा आएकाले तत्काल लामो दुरीमा सञ्चालन गर्न नसकिने बताए। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने बताए। क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन्। यस्ता क्रियाकलापले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने क्रुजसिप चढ्न आएका सिताराम रिमाल बताउँछन्। ‘विदेशमा चढिएको थियो। अहिले नेपालमा नै चढ्न पाईयो,’ उनले भने ‘यसले पर्यटनलाई बृद्धि समेत ल्याउने छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!