२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले चोरी गर्ने १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

ABC (क्राईमबिट)
दाङ । घोराही उप-महानगरपालिका वडा नं.१५ स्थित रहेको ग्लोबल ओरेन्स नेपाल भएको घरको मार्केटिङ्ग गर्ने बिक्री गर्ने कक्ष कोठाको ताल्चा फोडी सो कोठा भित्र राखिएको स्टीलको दराजमा लगाएको सिसा फोडी सो भित्र राखिएको नगद रु.१ लाख ९१ हजार नगद रुपैया चोरी भएको निबेदनको आधार र घटनास्थलको प्रकृति,अपराध विधि समेत विश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले चोरहरुको खोजतलास गर्दै जाने क्रममा दाङ घोराही उप-महानगरपालिका वडा नं.४ घर भई ऐ वडा न.१५ काठेकोल स्थित डेरा गरी बस्ने बर्ष १८ को रेशम बहादुर चौधरीलाई संकास्पद रुपमा फेला पारी सोधपुछ गर्दा निज रेशम चौधरी बस्दै आएको डेराकोठाको खोजतलास गर्दै जाने क्रममा हरियो रङ्गको प्लाष्टिक भित्र बिभिन्न दरको नेपाली रुपैया रु.१८८,०००।–(एक लाख अठ्ठासी हजार) रुपैया फेला पारी रित पुर्वक बरामद गरी निज रेशम बहादुर चौधरीलाई तत्काल पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]