२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

चलखेलमा भएका सरुवा के बदर होला

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

गृहमन्त्रीबाट हट्नुअघि बालकृष्ण खाणले केही जिल्लाका प्रहरी इन्चार्ज र सिडिओको काज सरुवा गरेका थिए । यतीबेला गृहले ठूलो संख्यामा सिडिओ र प्रहरी इन्चार्जको सरुवा तयारी गरेको छ । जसमा यसअघि चलखेलका आधारमा भएका काज सरुवा कायम रहन्छ कि त्यसलाई सच्याउने काम हुन्छ भन्ने धेरैको चासो छ ।

केही महत्वपूर्ण जिल्लाका एसपीलाई गत महिना सरुवा गरिएको थियो । सरुवाको मापदण्डविपरीत केहीलाई इन्चार्जबाट इन्चार्जमै सरुवा गरिएको थियो । जस्तो बाँकेमा डेढ वर्ष बसेका एसपी श्यामकृष्ण अधिकारीलाई लुम्बिनी प्रदेशको ट्राफिक प्रमुखमा सरुवा भयो । बाँकेमा हुँदा अकुत सम्पत्ति आर्जन गरेको पैसा प्रयोग गरी उनले इन्चार्जमै सरुवा गराएका थिए । स्रोतका अनुसार अधिकारीलाई ट्राफिकबाट हटाउने तयारी छ ।

त्यस्तै, सुर्खेतमा गएका योगेन्द्रसिंह थापा त्यसअघि लुम्ब्निीको ट्राफिक इन्चार्ज थिए । उनको पनि काज सरुवा बदर हुने सम्भावन छ ।

त्यस्तै, बाँके गएका सन्तोषसिंह राठौर तथा कैलाली गएका देवेन्द्र पालको पनि त्यही पदस्थापन हुने कम सम्भावना छ । एसपी राठौर सर्लाहीमा हुँदा कारबाही स्वरुप तानिएका थिए । उनलाई गणबाट जिल्ला पठाइएको छ ।

एसपी कोमलबिक्रम शाह शेरबहादुर देउवाको पिएसओ बसेका आधारमा पर्सा पाएका थिए । उनी आफ्नो सरुवा त्यही गराउन दौडधुपमा लागेका छन् ।

नरेशराज सुवेदी सर्लाही गएका थिए । उनी प्रचण्डका पूर्व पिएसओ हुन्, त्यसकारण उनलाई समस्या छैन । झापा गएका दुर्गा रेग्मी पनि हट्ने सम्भावना रहेको बताइन्छ । प्रहरी प्रधान कार्यालयले केही दिनभित्रै सरुवा निकाल्ने तयारी गरेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

error: Content is protected !!