०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

छाडा पशु चौपायाहरु व्यवस्थापन नहुँदा ठुलो चुनौती यथावत दुर्घटना हुने खतरा

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

(ABC-Sanchar) महेन्द्रनगर । कञ्चनपुरमा पालिकाहरुले कराडौं रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिँदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती यथावत नै छ।

यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरेपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ। विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौं रकम खर्च गरिसकेका छन्।

कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्षरउपप्रमुखलाई दिइएको छ। बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए।

‘नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौं’, उनले भने, ‘दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा साढे ५ लाख रुपैयाँ जति खर्च भइसकेको छ।’

उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए। ‘काञ्जीहाउस लगायतका व्यवस्थापनमा २८र३० लाख रुपैयाँजति खर्च हुने अनुमान छ’, उनले भने, ‘छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ।’

बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा १ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नम्बर १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो। कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए।

‘हामीले यो यो ठाउँमा खाली जमिन छ। पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौँ’, उनले भने, ‘आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ।’

भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो। चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडापशुमा ट्याग लगाउने कार्य गरेको थियो। हालसम्म भीमदत्तले ९१ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको छ।

त्यसैगरी, यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नम्बर ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ। त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाध्यक्ष रमेश ऐरले लिएका छन्। वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए।

‘यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ’, ऐरले भने, ‘गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा ४० लाख रुपैयाँ दिएको छ। विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेका छौँ।’

‘अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ’, उनले भने, ‘अरु पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौं।’

उनले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए। उनले विगत वर्ष यता वार्षिक ४० लाख रुपैयाँ नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए।

छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुँदै आएका छन्। कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए।

‘हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुश्किलले अब छाडा पशु देख्नु हुन्छ’, उनले भने, ‘यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थान गरिहेको छ।’

उनले आफूहरु जनप्रतिनिधि भएर आइसकेपछि चौपाया व्यवस्थापनमा दश लाख रुपैयाँको हाराहारीमा खर्च भएको बताए। चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो। महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!