२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्ने डिआइजी : टेक राई

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

 (सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी टेक प्रसाद राई भर्खरै सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी राईले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिए ।
आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती लसुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्ने डिआइजी राईले जानकारी दिनुभयो ।
धेरै जिल्लाहरुमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
धेरै जिल्लामा आफू बसिसकेको हुँदा त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उनले बताए । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने भन्दै प्रहरीलाई सुचना दिएर सघाउन डिआईजी राईले आग्रह गरे ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी प्रमुखहरुलाई व्यवस्था गर्न निर्देशन दिएका छन् । साथै उनले बुधबार पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे लुम्बिनी प्रदेश प्रहरीले थप अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । यस्तै डिआईजी राईले १२ वटै जिल्लामा लुम्बिनी प्रदेशको विशेष प्रहरी टोली परिचालन गरेर जिल्लामा हुने सम्पूर्ण अपराधीक गतिविधिको घटना खुला सिमामा भन्सार छली चोरी तस्करी नियन्त्रणमा उल्लेख्य काम प्रहरी टोली खटाएको छ काम नगर्ने प्रहरी कर्मचारीलाई केही दिनमै ठाँउको ठाँउ कार्वाही गर्ने समेत बताए । लुम्बिनी प्रदेश आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा डिआइजी राईलाई बिभागले उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताउँछ्न छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!