२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रवि लामिछानेले पुनः नेपाली नागरिकता पाउन नसक्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डरीको जिकिर

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९

रवि लामिछानेले पुनः नेपाली नागरिकता पाउन नसक्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डरीले बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसपछि प्रत्युत्तर दिने क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता ऐन २०६३ को दफा ११ मा नगए लामिछानेले पुनः नेपाली नागरिकता पाउन नसक्ने दावी गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार बहस सकिएको छ ।

नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने अवस्थाबारे उल्लेख छ । उक्त दफाको उपदफा १ मा ‘नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख छ ।

गृहमन्त्री लामिछाने पक्षीय अधिवक्ताहरुको बहसपछि प्रत्युत्तर दिने क्रममा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ता भण्डारीले नियमावलीको दफा १० को उपदफा ९१० मा कानूनी ग्याप भएकाले यसलाई सुधारेर अघि बढ्न सकिने सुझाव दिएका थिए ।
तर, यसैमा टेकेर अघि बढ्दा नागरिकहरुमा अराजकता आउन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘नियमावलीको दफा १० को उपदफा ९१० अनुसार स्वतः नागरिक हुने हो भने यसले दोहोरो नागरिकता सिर्जना हुन्छ । यसले नागरिकहरुमा अराजकता सिर्जना हुन्छ । बरु यसमा कानूनी ग्याप छ । यसको संवैधानिक व्याख्या आवश्यक छ ।’
लामिछानेले नेपालप्रतिको निष्ठालाई अवमूल्यन गरेकोसमेत उनले बताए । उनले रविले राज्यको विधि नमानेको र यसलाई सामान्य एवं हलुका ढंगमा लिएकोसमेत जिकिर थिए ।

लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र अन्य चार वरिष्ठतम न्यायाधीश रहेको संवैधानिक इजलासमा बुधबारबाट पूर्ण सुनुवाइ सुरु भएको थियो ।अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको भन्दै उनीविरुद्ध रिट परेको थियो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]