०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

रवि लामिछानेले पुनः नेपाली नागरिकता पाउन नसक्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डरीको जिकिर

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९

रवि लामिछानेले पुनः नेपाली नागरिकता पाउन नसक्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डरीले बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसपछि प्रत्युत्तर दिने क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता ऐन २०६३ को दफा ११ मा नगए लामिछानेले पुनः नेपाली नागरिकता पाउन नसक्ने दावी गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार बहस सकिएको छ ।

नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने अवस्थाबारे उल्लेख छ । उक्त दफाको उपदफा १ मा ‘नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख छ ।

गृहमन्त्री लामिछाने पक्षीय अधिवक्ताहरुको बहसपछि प्रत्युत्तर दिने क्रममा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ता भण्डारीले नियमावलीको दफा १० को उपदफा ९१० मा कानूनी ग्याप भएकाले यसलाई सुधारेर अघि बढ्न सकिने सुझाव दिएका थिए ।
तर, यसैमा टेकेर अघि बढ्दा नागरिकहरुमा अराजकता आउन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘नियमावलीको दफा १० को उपदफा ९१० अनुसार स्वतः नागरिक हुने हो भने यसले दोहोरो नागरिकता सिर्जना हुन्छ । यसले नागरिकहरुमा अराजकता सिर्जना हुन्छ । बरु यसमा कानूनी ग्याप छ । यसको संवैधानिक व्याख्या आवश्यक छ ।’
लामिछानेले नेपालप्रतिको निष्ठालाई अवमूल्यन गरेकोसमेत उनले बताए । उनले रविले राज्यको विधि नमानेको र यसलाई सामान्य एवं हलुका ढंगमा लिएकोसमेत जिकिर थिए ।

लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र अन्य चार वरिष्ठतम न्यायाधीश रहेको संवैधानिक इजलासमा बुधबारबाट पूर्ण सुनुवाइ सुरु भएको थियो ।अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको भन्दै उनीविरुद्ध रिट परेको थियो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!