०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

जमुनाहमा बालमैत्री परामर्श केन्द्र भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


(महेन्द्र सिंह)
बाँके । शक्ति समूह नेपालगंजको समन्वय र सहकार्य तथा ओ.यु.आर. (Operation Underground Railroad) को आर्थिक सहयोगमा असुरक्षित रुपमा सीमापार भई बेचबिखनको जोखिममा पर्नसक्ने बालबालिकाहरुलाई परामर्श दिने हेतुले इलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा निर्माण गरिएको बालमैत्री परामर्श केन्द्रको भवन र कानूनी विवादमा परेका बालबालिकाहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा निर्मित बाल निगरानी कक्षको माघ १३ गते एक कार्याक्रमका बिच हस्तान्तरण गरिएको छ ।
उक्त आयोजित कार्यक्रम शक्ति समूहकी सस्थापक चरिमाया तामाङ्को अध्यक्षतामा संचालन गरिएको थियो भने प्रमुख अतिथिको रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बिशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर लगातय जिल्ला सराकरी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता प्रकाश भण्डारी, ओ.यु.आर. का प्रतिनिधिहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, संचारकर्मी, समाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीय भद्र भलाद्‌मीहरुको उपस्थिति रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सइ पुर्ण बिकले जानकारी दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!