२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

पेस्तोल किन्ने र बेच्ने किन्ने दुवैलाई पक्राउ

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९

ABC (क्राईमबिट)                                                   धनुषा प्रहरीले पेस्तोल बेच्ने र किन्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पेस्तोल किनेका धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शंकर महतो रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

शंकाको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो।

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा सोही ठाउँ बस्ने शंकर महतोसँग ५० हजार रूपैयाँ दिई पेस्तोल किनेका हुन्। बीस हजार रूपैयाँ थप पछि दिने शर्तमा शंकरले धनुषाको जटहीस्थित सीमानाकाबाट किनेर ल्याएको बयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

हतियार बिक्री गर्ने शंकर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!