२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लहान यातायात कार्यालयमा सेवाग्राहीहरु लाई दुख दिने ४ जना बिचौलियाहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

ABC (क्राईमबिट)
सिरहा । लहान नगरपालिका वडा नं. ८ स्थित रहेको यातायात व्यवस्था कार्यालय लहान सिरहामा आएका सेवाग्राहीहरुलाई काम छिटोछरितो गराई दिन्छु भनि काम बापतपैसा उठाउने चार बिचौलियालाई ईलाका प्रहरी कार्यालय लहान सिरहा बाट खटिएका टोलीले नियन्त्रणमा लिएको हो ।

कार्यालय परिसर भित्र फाइल लिएर भित्र बाहिर गर्ने प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने बिचौलियाहरु धेरै नै देखिन्छ ।

पटक-पटक जनगुनासो प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा यस्ता क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला पारी निम्न नामथर वतन भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई निजहरुलाई सम्मानित सिरहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा ७ दिन को म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

जसमध्ये निम्न नाम ठेगाना भएको केही बिचौलियाहरुलाई नियन्त्रणमा लिएको हो । जसको नाम र ठेगाना ।

जिल्ला सप्तरी खडक नगरपालिक वडा नं. ३ बस्ने अन्दाजी बर्ष ४२ को जिवछ ठाकुर

ऐ. ऐ. बस्ने अन्दाजी बर्ष ३२ को अनिल कुमार चौधरी

जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ बस्ने ऐ. नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष ३३ को नन्दन खेताङ्ग र ४१ को विष्णुदेव यादव लाई नियन्त्रणमा राखी प्रहरी ले थप अनुसन्धान थालिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]