ABC (क्राईमबिट)
प्यूठान । स्वर्गद्धारी नगरपालिका वडा नं.४ भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नं.०४ सुलिचौर बस्ने वर्ष २८ को देव पुन र ऐ. लुङ्ग्री गाउँपालिका वडा नं.६ गुम्चाल बस्ने वर्ष १८ को भिमे परियारलाई शंका लागी निजहरुलाई खानतलासी गर्दा निजहरुको साथबाट विभिन्न स्थानबाट चोरी गरि ल्याएको भाडाँकुडाहरु तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १) र २ थान मोबाईल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।