३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

सूचना दिन इन्कार गर्ने ४ जना कार्यालय प्रमुखहरुलाई कारबाही

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९


(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको उल्लेख गरेको छ ।
कारबाहीमा पर्नेमा पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवं कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस (बागबजार) का कार्यालय प्रमुख धनप्रसाद पण्डित छन् ।

‘उहाँहरूलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही गरिएको छ’, सूचना आयुक्त कमला वली थापाले भने ।

परिच्छेद पाँचको सजाय तथा क्षतिपूर्ति सम्बन्धित व्यवस्थाको दफा ३२ मा मनासिव कारणबिना सूचना नदिएको वा दिन इन्कार गर्ने कार्यालय प्रमुख वा सूचना अधिकारीलाई रु एक हजारदेखि २५ हजारसम्मको जरिवानाको व्यवस्था छ । जरिवानासँगै विभागीय सजायका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार खतिवडालाई रु १५ हजार, पण्डितलाई रु १५ हजार, पौडेललाई रु दश हजार र ठाकुरलाई रु दश हजारको जरिवानासहित विभागीय सजायका लागि पत्र पठाइएको सूचना आयुक्त थापाले जानकारी दिए । आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका एक हजार ८३ पुनरावेदनमध्ये एक हजार ७७ पुनरावेदन अर्थात् ९९ दशमलव चार प्रतिशत पुनरावेदन फर्छ्योट भएको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरी परेको बताए ।

उनका अनुसार दोस्रोमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित दश दशमलव तीन प्रतिशत, शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित तीन दशमलव ८७ प्रतिशत र कानून तथा न्याय प्रशासनसँग एक दशमलव शून्य एक प्रतिशत रहेको छ ।

वार्षिक प्रतिवेदनमा सूचना तथा सञ्चार, संस्थान तथा प्राधिकरण, खानेपानी, विद्युत्, निर्माण तथा यातायात, जग्गा, मालपोत, भूमि, वन तथा कृषि, प्रशासन र गैरसरकारी संस्थासँग सम्बन्धित उजुरी परेका छन् ।

आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न निकायका नाममा आठ वटा आदेश दिएको छ । आयोगले सूचनादाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदा तयार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!