०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

काठमाडौं महानगर प्रहरीहरु ज्यादती गर्दै अपाङ्ग व्यक्तिलाई पक्राउ गरिखानेलाई सास्ती

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९


(ABC-Sanchar)
काठमाडौँ । सडकपेटीमा बसेर सामान बेचिरहेका अपाङ्गता भएका एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाका प्रहरीले मङ्गलबार साँझ ट्रकमा हालेर लैजाँदै गर्दाको फोटो बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित भएपछि त्यसबारे गम्भीर प्रतिक्रिया उत्पन्न भएको छ।

अपाङ्गता भएका व्यक्ति र अधिकारकर्मी तथा सर्वसाधारणले सामाजिक सञ्जालमा उक्त कार्य मानवता विरोधी भएको भन्दै आलोचना गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाले महानगरका सडक खाली गराउन गरेको प्रयासमा मानवीय पक्षलाई उपेक्षा गरिएको र यसले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिका प्रावधान उल्लङ्घन भएको दाबी गरिएको छ।

अव्यवस्थित रूपमा पार्किङ गरेर राखिएका मोटरसाइकल तथा अन्य सामग्री राख्ने खुला ट्रकको बीचमा अपाङ्गता भएका एक व्यक्तिलाई मात्र राखेर कतै लैजान लागिएको तस्बिर गोरखापत्र दैनिकमा मात्र आएको होइन, फोटो पत्रकार पद्मसागर कक्षपतिले पनि खिच्नुभएको थियो। उहाँले खिचेका सातवटा फोटो मङ्गलबार नै फेसबुकमा राख्नुभएको थियो। त्यससँगै उहाँले लेख्नुभएको छ, “…मखन तरणीबहालअगाडि एउटा ह्विलचेयरमा बसेर आफ्ना र आफूसँग रहेका केहीलाई सहाराका लागि मागेर नखाने तर बटुवालाई सहज तवरले कोभिड मास्क बेच्न कसैलाई अप्ठ्यारो नहुने गरी बेच्न हिँड्नेलाई यसरी उठाएर निकै गौरवपूर्ण काम गरेको…।” तिनै तस्बिरमध्ये एउटालाई उहाँले आफ्नो फेसबुकमा कभर फोटोसमेत बनाउनुभएको छ।

उक्त तस्बिर छापिएपछि र सामाजिक सञ्जालमा विरोध भएपछि काठमाडौँ महानगरपालिकाले मानव आश्रममा लैजान तथा थप उपचार गरेर आफन्तसँग पुनर्मिलन गराउन दोलखा घर भएका ती व्यक्तिलाई चुरोट र गुट्खालगायतका सामग्री बेच्दै गरेको अवस्थामा उद्धार गरेको जनाएको छ तर मङ्गलबार ती व्यक्तिले मास्कलगायतका सामग्री बिक्री गर्दै हुनुहुन्थ्यो। महानगरले पक्राउ गरेको नभई मानव सेवा आश्रममा लैजान लागिएको पनि दाबी गरेको छ।

महानगरपालिकाका नगरप्रहरी एसपी दिनेश अर्यालले पनि मानव आश्रममा लैजान ती व्यक्तिलाई सडकबाट उठाएको भए पनि नमानेपछि आफन्तको जिम्मा लगाइएको बताउनुभयो तर आफ्नै दाबीको खण्डन हुने गरी काठमाडौँ महानगर प्रहरी बलका प्रमुख तथा नगरप्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले ती व्यक्तिलाई बाटोमा बसेर सामान नबेच्न अनुरोध गर्दै घर जान निर्देशन दिएको भिडियो सार्वजनिक गरिएको छ। गोरखापत्रलाई कुनै औपचारिक खण्डन वा प्रतिक्रिया नदिई एक अनलाइनमा सार्वजनिक गराइएको उक्त भिडियोमा पाण्डेले बाटोमा बसेर सामान बेच्न नपाइने व्यवस्था रहेको जानकारी दिँदै अबदेखि त्यस्तो काम नगर्न भनिरहेको उक्त भिडियोमा स्पष्ट सुन्न तथा देख्न सकिन्छ। मानव आश्रममा लैजाने तथा उपचार गर्ने आश्वासन पाण्डेले दिनुभएको उक्त भिडियोमा कतै सुनिँदैन। चुरोटलगायतका वस्तु देखाइएको त्यो भिडियो कहिलेको र कुन ठाउँको हो भन्ने पनि खुल्दैन। अपाङ्गता भएका ती व्यक्ति भिडियोमा देखाइएजस्तो छिँडीबाट उठाएर ट्रकमा राखिएको नभई खुला ठाउँबाट उठाइएको हो।

पाण्डेले अबदेखि सामान नबेच्न र घर जान भनिरहँदा सडकपेटीमा सामान बेचिरहेका ती व्यक्तिसँगै रहेका महिलाले आफूहरूको घरमा आम्दानीको अन्य स्रोत नभएको भन्दै व्यथा पोखिरहेको सुनिन्छ। बालिका बोकेर उभिएकी ती महिलाले आफूहरू त्यहाँबाट पनि उठेर गएपछि के गरेर बाँच्ने भन्दै बिलौना गरिरहेको पनि भिडियोमा सुनिन्छ। जब कि गोरखापत्रमा उक्त तस्बिर छापिएपछि काठमाडौँ महानगरपालिकाले मानव आश्रममा लैजान उद्धार गरिएको व्यक्तिलाई पत्रिकामा तस्बिर छाप्दै मानवीय संवेदनासँग जोडेर महानगरपालिकाको बदनाम गर्न खोजेको आरोप लगाएको छ। गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!