२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुरानो पार्टीप्रति अब जनताको बिश्वास छैन जनमत पार्टीका अध्यक्ष सीके राउत

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

(ABC-Sanchar) काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिले आफ्नो पार्टी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीभन्दा ठूलो दल बनेको बताएका छन्।

वीरगञ्जमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा पाएको समानुपातिक मतको आधारमा जसपा र लोसपाभन्दा ठूलो दल बनेको बताएका हुन्।

मधेस प्रदेश र लुम्बिनी प्रदेशमा समानुपातिक मतको आधारमा जसपा र लोसपाभन्दा जनमत पार्टी ठूलो बनिसकेको राउतको भनाइ थियो।

उनले भने, ‘जनमत पार्टीको समानुपातिक मत हेर्नुहुन्छ भने मधेस प्रदेशमा जसपाभन्दा पनि ठूलो पार्टी छ,’ उनले भने, ‘लोसपाभन्दा पनि ठूलो पार्टी जनमत पार्टी हो। यति वाधा व्यवधानको बाबजुत पनि राष्ट्रिय पार्टी पनि बन्न सफल भयौँ।’

चुनाव लड्न सक्ने उम्मेदवारसित खर्च गर्ने पैसासमेत नभएको अवस्थामा चुनाव लडेर आफ्नो पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सफल भएको उनले बताए।

राउतले सप्तरी जिल्लामा मात्रै समानुपातिकतर्फ ८६ हजार मत ल्याएको बताए। पर्सा जिल्लामा एमालेभन्दा २० हजार मतले मात्रै पछि रहेको बताउँदै एमालेभन्दा ठूलो पार्टी बन्ने क्षमता जनमत पार्टीको पर्सा जिल्लामा रहेको उनले बताए।

ठूला पार्टी चुनावमा जान डराएको भन्दै उनीहरूले गठबन्धन गरेर चुनाव लडेको भए पनि आफ्नो पार्टी एक्लै चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको राउतले बताए।

अरु पार्टीको सम्भावना देशमा सकिएको भन्दै राउतले पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेको टिप्पणी गरे। पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेपछि नयाँ गाडी चढ्नुपर्ने आवश्यकता आउने भएकाले अहिले जनताले नयाँ पार्टीको रूपमा जनमत पार्टीप्रति आकर्षित बनेको राउतले बताए।

पुराना पार्टीहरूलाई हेर्दाहेर्दै जनता थाकिसकेकोले आफ्नो पार्टी वैकल्पिक शक्ति बन्नेतर्फ अघि बढेको उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]