२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

डीआईजी ज्ञवालीले गरे जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९

 

 

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालयका सम्पूर्ण शाखाहरूको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्। निर्देशनको क्रममा उनले आम नागरिकहरूको सुरक्षार्थको निम्ति प्रहरी अहोरात्र खटिई विभिन्न आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरूलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ती निकाली आपराधिक गतिविधिहरू हुन/गर्न नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।

साथै प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नसमेत निर्देशन दिए।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले खोटाङ जिल्लाको समग्र वस्तुस्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!