ABC (क्राईमबिट)
दाङ । घोराही उप-महानगरपालिका वडा नं. १६ बरधन्ने स्थित परिवर्तित नामथर ५६(२०७९।८०)३१९(क) को घरमा निजको छोरी बर्ष १४ कि परिबर्तित नामथर ५६(२०७९।८०)३१९ र ऐ.ऐ. २ रामपुर बस्ने बर्ष २५ को सन्तोष परियार बिच बाल विवाह भई रहेको छ भन्ने सुचनाको आधारमा यस कार्यालयबाट विवाह गर्ने र गराउनेलाई पक्राउ गर्न प्रहरी अधिकृत सहितको टोली खटिई गई विवाह मण्डप र विवाह बेदीमा बसेका बाल विवाह गर्ने गराउने नाबालिकाको बुवा परिबर्तित नामथर ५६(२०७९।८०)३१९(क), नाबालिकाको आमा परिबर्तित नामथर ५६(२०७९।८०)३१९(ख), जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. २ बस्ने बेहुला बर्ष २५ को सन्तोष परियार, ऐ.ऐ. बस्ने बेहुलाको आमा बर्ष ४५ कि सर्मिला दमाई, ऐ.ऐ. बस्ने बेहुलाको अंकल बर्ष ३२ को मोहन दमाई र ऐ.ऐ. बस्ने बर्ष ४० कि सिता नेपाली समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।१०।२७ गते यस कार्यालयबाट बाल विवाह सम्बन्धि कसुरमा सम्मानित दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य भईरहेको ।
कानूनी व्यवस्था:-
मुलुकी अपराध संहिता २०७४ अनुसार,
१७३. बाल विवाह गर्न नहुनेः (१) विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।