२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बारा प्रहरीले भारतबाट अबैध ६० किलो बोइलरको मासु पक्राउ गरि नष्ट

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

ABC (क्राईमबिट) बारा । प्रहरीले सुराकी सुचनाको आधारमा प्रहरी चौकी.मुसहर्वा बाराबाट प्र.ना.नि.मोहन आलेको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जिल्ला बारा बिश्रामपुर गा.पा वडा नं.३ मुसहर्वा टोल स्थित सडक खण्डमा पुग्दा भारत तर्फबाट नेपाल सरहद भित्र अ.२.५ के.जि.,बराबरको अ.६० के.जि.काटेको कुखुरा बोकी आउदै गरेको अवस्थामा प्रहरी टोलिलाई देखी उक्त कुखुरा सोही ठाउँमा फाली फरार भएको हुँदा,वेवारिसे अवस्थामा रहेको सो कुखुरा फेला पारी बरामद गरी उक्त बोवाईलर कुखुरा यस कार्यालयमा दाखिला गरेको हुँदा,उक्त अबैध बोवाईलर कुखुरा अ.६० के.जि.कानुन बमोजिम नष्ट गर्नु पर्ने भएकोले निम्न प्रतिनिधी तथा भद्र भलादमी संचारकर्मी र जन प्रतिनिधी समेतको रोहवरमा २९ गतेका साझ १६;१० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको २० फिट पुर्वमा रहेको सोती (नाला) को छेउँमा खाल्टो खनी उक्त कुखुरा खाल्टो मुनि पुरी नष्ट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]