२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यातायातको आन्दोलनमा प्रहरीको गाडीमा आगजनी गरेको आरोपमा २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०२, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले गरेको प्रदर्शनमा प्रहरीको भ्यानमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

आगजनी गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । आफू चढ्ने गाडी समेत जोगाउन नसकेपछि डिएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको छ । बालाजु वृत्तको जिम्मेवारी डिएसपी मनोजित कुँवरलाई दिइएको छ ।

आन्दोलनको मौका छोपेर बालाजुस्थित ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट ३ वटा मोबाइल बरामद गरिएको छ । मोबाइल लुटमा संलग्नहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

प्रदर्शन स्थलबाट पक्राउ गरिएका ८ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । प्रदर्शनकारीको आक्रमणमा परेर इन्स्पेक्टर शेर बहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]