०६ भाद्र २०८२, शुक्रबार
22-08-2025 , Fri
×

२० सहसचिवको सरुवा,

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

ABC (क्राईमबिट)                                               सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभागमा कार्यरत महानिर्देशकसहित २० जना सहसचिवको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरुवा, पदस्थापन र काज गरेका हुन् ।

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुनजङ्ग थापालाई मन्त्रालयमा तानिएको छ ।

विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा सरुवा भएको छ ।

विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठको एडीबी आयोजना निर्देशनालयमा आयोजना निर्देशकमा काज गरिएको छ । यस्तै डा.विजय केसीलाई सडक विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा प्रहरीले लाखौं रकमसहित २ जना हुण्डी कारोबारी पक्राउ पर्सा । वीरगन्ज महानगरपालिका- २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो। उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार […]

रूपन्देही । भैरहवामा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।लुम्बिनी सांस्कृतिक नगरपालिका- १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट […]

काठमाडौं । प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाइ छ। नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए। ‘प्रतिगामी शक्तिको रुपमा आएका […]

error: Content is protected !!