२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

सशस्त्र प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा,

Logo
प्रकाशित आइतबार, फाल्गुण ०७, २०७९

ABC (क्राईमबिट)                                                       सशस्त्र प्रहरी बल, नेपालका ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्।

गृह मन्त्रालयले चार एसएसपीहरूलाई डीआईजीमा बढुवा गरेको हो। बढुवा हुने एसएसपीहरूमा सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्।

सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो। मन्त्रालयले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा गरेको हो। मन्त्रालयले उनीहरूलाई २५ माघमा बढुवा गर्न सिफारिस गरेको थियो। उजुरी नपरेपछि उनीहरूकाे बढुवा भएकाे हाे।

एसएसपीहरू दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, सुरेशकुमार श्रेष्ठसहित दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा पनि बढुवाका दाबेदार थिए। उनीहरू सिसं-१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकारीहरू हुन्।

बढुवा भएका डीआईजीहरूले सोमबार दर्ज्यानी चिह्न लगाउनेछन्। यद्यपि, बढुवा भएकाहरूमध्ये सुरेशकुमार श्रेष्ठले भने साेमबार दर्ज्यानी चिह्न लगाउन नपाउने भएका छन्। कारण, उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन्। उनले बिदामा आएर दर्ज्यानी चिह्न लगाउन सक्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!