२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी बलले बोर्डरमा डिएसपी खटाउने तयारी

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९

ABC (क्राईमबिट)                                                       सशस्त्र प्रहरी बलले बोर्डर आउटर पोष्ट(बिओपी)मा डिएसपीलाई खटाउने तयारी गरेको छ । हाल इन्सपेक्टर मात्र बिओपीमा इन्चार्जका रुपमा खटिदै आएका छन् ।

डिएसपीको कमाण्ड हुँदा चेन अफ कमाण्ड पनि बलियो हुने र सीमामा प्रभावकारी काम हुने निष्कर्षका आधारमा डिएसपी खटाउन लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए । ‘सशस्त्र प्रहरीमा डिएसपीलाई कमाण्ड पनि कम छ,’ ती अधिकारीले भने,‘अर्काेतर्फ एसपीले सिधैं इन्सपेक्टरलाई कमाण्ड गर्दा भन्दा डिएसपी हुँदै कमाण्ड गर्दा चेन अफ कमाण्ड पनि बलियो हुने र सीमा सुरक्षामा प्रभावकारी काम हुने हाम्रो विश्वास छ ।’ प्रारम्भिक चरणमा ४५ वटा संवेदनशील बिओपीमा डिएसपी खटाउने गरी अध्ययन गरिएको छ । त्यसमा विगतमा भन्सार गुल्म रहेका बिओपीहरु समेत छन् । यसरी बिओपी इन्चार्जका रुपमा खटिने डिएसपीलाई नजिकका अन्य बिओपीको समेत जिम्मेवारी दिएर खटाउन लागिएको छ ।

नेपालको सीमामा खटिएको भारतीय सुरक्षा फौज सशस्त्र सीमा बल(एसएसबी)ले पनि यसैगरी कम्पनी कमान्डरको अवधारणाअनुसार सुरक्षाकर्मी खटाएको छ । नेपालले पनि त्यही प्रणाली अवलम्बन गर्न लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]