
(ABC-Sanchar) काठमाडौं । दाङ तुलसीपुर नेपाल एयरलाइन्सले दाङ-काठमाडौं भाडादर घटाएको छ। आज शनिबारदेखि लागु हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडादर घटाएको छ।
यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको दाङ काठमाडौं भाडा अहिले ६ हजार ३ सय बनाएको छ। त्यसैगरी काठमाडौ दाङको पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो भने अहिले कायम गरेको भाडादर ६ हजार ५ सय तोकिएको नेपाल एयरलाइन्सका दाङ स्टेशनका प्रमुख महेन्द्र कुमार शर्माले जानकारी दिएका छन ।
नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान गरिरहेको छ। दाङमा सीता एयरले पनि उडान भरिरहेको छ।