२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सांसद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिकग्राम बन्दै

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

नवलपरासी, १४ फागुन । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले औद्योगिकग्राम निर्माणकार्यबारे चासो राखेकाहुन् । बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ ।
उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले औद्योगिक ग्राम निर्माण कार्यलाई तीब्रता दिन पहल गर्नुभएको हो ।
‘माननीयज्यूको पहलमाअहिले नगरपालिकासँगको सहकार्यमा प्राविधक टोलीले निर्माण स्थलमा पुगेर आवश्यक सहजीकरणगर्ने काम भएको छ,’बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी भन्नुभयो, ‘प्राविधिकटोलीले अहिले यस अघि तयार गरिएको विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर)लाई थप व्यवस्थित गर्नुका साथै आवश्यकताअनुसार परिष्कृत गर्ने काम भइरहेको छ ।’ प्राविधिकटोली सांसद चौधरीले पठाएकाहुन् ।
सांसद चौधरीले नवलपरासी १ मा औद्योगिकग्राम स्थापना गर्ने घोषणा गर्नुभएको थियो । चुनावी प्रतिवद्धता कार्यान्वयन गर्न उहाँले औद्योगिकग्राम निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडिबढाउनुभएको हो । उहाँले औद्योगिकग्राम निर्माणका लागि नगरपालिकाकालाई प्राविधिक सहयोगसँग आवश्यक अन्य सहयोग गर्ने बताउनुभएको छ ।
प्राविधिक टोलीका संयोजक एवंम् मेकानीकल ईन्जीनियर एमएस ज्ञवालीका अनुसार औद्योगिकग्राममा उद्योगग्राम स्थल र आवाश स्थल आवश्यक पर्ने भएकोले विस्तृत सम्भाव्यता अध्ययन गरी नगरपालिका अघि बढ्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । यसैगरी लगानीकर्ताको अवस्था वारे सम्भायता अध्ययन पश्चात सना देखी ठुला उद्योग सम्म स्थापना गर्न मिल्ने गरी परियोजना अघि बढाउनुपर्ने शुझाव दिएको टोली संयोजक ज्ञवालीको भनाई छ ।
यस अगावै औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बनाउने कार्य सकिएको भएपनि उक्त डिपि आरलाई थप परिष्कृत गर्ने कार्य सहित अन्य प्राविधक व्यवस्थापन कार्यमा सांसद चौधरीले सहयोग गर्दै आउनुभएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
‘नगरपालिकाले संरचना बनाएर पूर्वाधार उपलब्ध गराउने हो । आवश्यक पूर्वाधारका लागिनगरपालिकाले स्रोतको खोजीमा छ । पूर्वाधार बनाउने तर उद्योग सञ्चालननहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमाउद्योग सञ्चालकरूलाई पनिअहिले देखि नै आह्वानगर्ने कार्य भईरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो, ‘यो भन्दा पहिला पनि लगानी सम्मेलन गरेर औद्योगिकग्रामको अवधारणाअगाडि सारिएको हो । पचास वर्षको लक्ष्यराखेर औद्योगिक ग्रामको काम भईरहेको छ ।’
डिपिआर अनुसार औद्योगिकग्राम पूर्वाधार निर्माणकालागि ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपियाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाँ, क्यान्टिनकालागि ५८ लाख ९० हजार ६ सय ४ रुपियाँ, सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२, प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२, डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७ रुपैयाँखर्च हुने डिपिआरमा उल्लेख छ ।
त्यस्तै गन्जेबोमा २ लाख ४७हजार ८ सय २६, चार वटा शौचालयकालागि १६ लाख ७२ हजार ३ सय ८३, गार्ड पोष्टमा १ लाख ४५ हजार ४ सय ९१, प्रवेशद्धार ६ लाख २९ हजार ९ सय ४९, बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३, सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खर्च हुनेछ ।
खोला तटबन्धका लागि ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्र्दयीकरण १५ लाख १० हजार ७ सय ६३, ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ,प्लम्बिङ, पानीआपुर्तिमा १ करोड ३१ लाख ५२ हजार ३५, विद्युतीकरणकार्य १ करोड ३५ लाख७२ हजार १ सय ७५ र ओभरहेड पानीटंकीमा ४९ लाख २९ हजार १ सय १६ रुपैयाँखर्च हुने गरी बजेट प्रस्ताव गरिएको छ ।
डिपिआर अनुसारका कार्य गर्नकालागि बजेटको व्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिकग्राममा कृषक, उद्यमी, महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापनागर्न प्रोत्साहनगरिने जनाएको छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दाबढिलगानीभित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ ।
दीर्घकालीन योजनाअनुसार औद्योगिकग्राम निर्माणकार्य अगाडि बढेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश प्रवेश गर्ने मुख्यनाका रहेको बर्दघाट नगरपालिकालाई व्यवस्थित र औद्योगिक क्षेत्रका रुपमा विकास गर्न खोजिएको नगरपालिकाको दावी छ । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्तिदेखि टाढा राखिएको सापकोटाले जानकारी दिनुभयो । हालै खजुरा खोलापुलको टेण्डरसमेत भईसकेको हुँदाऔद्योगिकग्रामसँगजोडिएको बरुवा—वर्दघाट सडकहुँदै भारतकोविहार प्रदेशको भैसालोटननाकासँगप्रत्यक्ष रुपमा यो औद्योगिक क्षेत्र जोडिने छ ।
तस्विर ः
निर्माणाधिन औद्योगिकग्राम Small and Mid-size Enterprise (SME) Village को अवलोकन गर्दै प्रतिनिधि सभाका माननीय सदस्य विनोदकुमार चौधरी लगायत ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]