०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

निर्वाचन आयोगले तोकियो राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको चुनावी खर्च

Logo
प्रकाशित मंगलबार, फाल्गुण १६, २०७९

(ABC-Sanchar)                                            काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ ।
साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

राष्ट्रपतिमा दुई जना उम्मेदवार छन्– रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ । दुवै विरुद्ध कुनै उजुरी परेको छैन । राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ ।

यस्तो छ खर्चको व्यवस्था :
निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । तर, उनीहरूलाई चुनावी खर्चको सीमा तोकिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयन पत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १र१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०र२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

error: Content is protected !!