२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी सुनसरीद्वारा ठुलो मात्रामा गाँजासहित स्कारपियो गाडी पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १७, २०७९

ABC (क्राईमबिट)
सुनसरी । हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो ।
बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]