२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

निमित्त आईजिपी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलबाट निर्देशन:

Logo
प्रकाशित बुधबार, फाल्गुण १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन १७ गते निर्देशन सम्बोधन कार्यक्रममा उहाँले नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारीबोधका साथ कार्य गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्नुहुँदै संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्च स्तरको जिम्मेवारी बोधकासाथ कार्य गर्न निर्देशन दिनुभयो ।
अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाईहरुको आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिनुपर्ने उल्लेख गर्नुहुँदै बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डलाई प्राथमिकताकासाथ लागू गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले सीमामा हुने अवैध गतिविधि, चोरीतस्करी निकासी नियन्त्रणमा गम्भिर भएर लाग्न र आर्थिक पारदर्शीतामा शुन्य सहनशिलताको नीति अवलम्वन गरी मानवअधिकारको पूर्ण पालना गर्दै कर्तव्य निर्वाहमा कटिवद्ध रहन निर्देशन दिनुभयो ।
उहाँले अन्य सरोकारवाला निकाय र सुरक्षा नियकाहरुसँगको समन्वय, सहकार्य र सहयोगमा कार्य गर्नुपर्ने बताउनुहुँदै भेटघाट आचारसंहिताको समेत पूर्ण पालना गरी कुनैपनि प्रकारका जन गुनासोहरु नआउने गरी कार्य गर्न निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विपद्
व्यवस्थापन तथा जोखिम न्यूनिकरणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आफ्नो क्षेत्राधिकार भित्रको संवेदनशिलता, प्रकृती र विपद् सँग सम्बन्धित प्रतिकार्य योजनाहरु बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सूचना श्रोतको विकास गर्दै स्वच्छ र निश्पक्षताकासाथ
मानवअधिकारको सम्मान गर्दै कुनै पनि प्रकारको कमीकमजोरी नआउने गरी कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा क्षेत्रका हरेक गतिविधिहरुलाई उच्च सतर्कता र चनाखो भई समकक्षीहरुसँग समन्वय र सहकार्यमा सीमा सुरक्षा व्यवस्थापन, चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरु त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्ने बताउनुहुँदै सीमा सुरक्षाको चुनौतीहरुलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं
गृहमन्त्रीस्तर)को यही फागुन १४ गतेको निर्णयले बाहिनीपति, रा.स.प्र.बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा तालिम शिक्षालयहरुमा समादेशकको रुपमा खटिईजान लाग्नुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]