२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेवासीहरुमा शुभकामना सहित होली पर्व लक्षित सुरक्षा योजना

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १९, २०७९

ABC (क्राईमबिट)                                                        प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उनले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताए ।

उनले भने, ‘हामीले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको जाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिरहेका छौँ ।’

पर्व लक्षित सुरक्षा योजनाबमोजिम सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, लागुऔषध नियन्त्रण ब्यूरो बाँके र के–नाइन शाखा कोहलपुर बाँकेद्वारा संयुक्तरूपमा ‘डग स्निफिङ’ तथा जाँच पनि सुरु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

उनले खासगरी ‘डग स्निफिङ’ बाट केही लागुऔषध बरामद भएको र होटलहरूमा समेत परिचालन गर्ने तयारी भइरहेको बताए । ‘यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भीर भएर लागेका छौँ’, उनले भने ।

प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि गण र गुल्महरूसँग पनि आवश्यक समन्वय गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]