०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बिरगंज भन्सार सशस्त्र इन्स्पेक्टर रविन्द्र भट्टले आइजीपीको निर्देशनलाई मान्दैनन्

Logo
प्रकाशित आइतबार, फाल्गुण २१, २०७९

ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार बीओपीमा ड्युटी खटिएका ४ जना सशस्त्र प्रहरीलाई अनियमितताको आरोपमा गणमा छानबिनका लागि तानिएको छ । बीओपी भन्सारको गेटमा तैनाथ ४ जना सशस्त्र प्रहरीले घुस लिएको सूचना १३ नम्बर गण पर्साले पाएपछि एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाएका थिए ।

डीएसपी थापाको टोलीले भन्सारमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको शरीर खानतलासी गर्दा सूचनाको अनुसार नै अनियमिततामा संलग्न भएको प्रमाण भेटिएपछि उनीहरुलाई गणमा तानेर छानबिन सुरु गरेको छ । १३ नम्बर गण पर्साले घुसकाण्डमा बीरगंज भन्सार गेटबाट ४ जनालाई तानिएको बिषय मधेश प्रदेश बाहिनी हुँदै काठमाडौं सशस्त्र प्रहरी मुख्यालय हलचोकमा समेत जाहेर गरिसकेको समाचार छ ।

पर्साको भन्सार बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट केही महिना अघि बीओपीको घुसकाण्डको भिडियो नै सार्वजनिक भएपछि उनलाई सशस्त्र मुख्यालयमा छानबिनका सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौं तानिएको थियो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाको दबाबमा सशस्त्रका आइजीपी राजु अर्यालले उनलाई १५ दिनमै सोही बीओपीमा फर्काएका थिए । घुसकाण्डको भिडियो नै सार्वजनिक भएको अवस्थामा तानिएका भट्टले आइजीपी अर्यालमाथि दबाब दिएर फर्किएपछि उनले तस्करहरुसँग खुलेआम घुस असुली गर्दै संगठनकै बदनाम गराउँदै आएको आरोप लाग्ने गरेको छ । बीरगंज भन्सार बीओपी सशस्त्रको सबैभन्दा आकर्षक मानिन्छ । भानु देउवाकै दबाबमा भट्टलाई त्यहाँ सरुवा गरिएको थियो ।

सशस्त्र प्रहरी बलका यी शक्तिशाली इन्स्पेक्टर रविन्द्र भट्टले आइजीपी अर्यालको निर्देशनलाई समेत चुनौती दिंदै दरबन्दी नै नभएका हवल्दार मधु क्षेत्रीलाई घुमुवा राखेका छन् । सशस्त्र प्रहरीले अर्याल आइजीपी हुनासाथ गतबर्ष बाहिनी, गण र बीओपीमा कार्यरत १ सय ३५ जना घुमुवाहरुलाई हटाई बाहिनी, गण र गुल्ममा सरुवा गरेको थियो । देशभरका सबै घुमुवा हटाइसके पनि भट्टले भानु देउवाको आडभरोसामा संगठनलाई नै चुनौती दिंदै मधु क्षेत्रीलाई राखी अनियमितता गर्दैआएका छन् ।

क्षेत्री काज सरुवा भएको ठाउँमा पनि पनि गएका छैनन् । काजफिर्ता पनि भएको छैन । इन्स्पेक्टर भट्टले उनलाई दरबन्दी नै नभएको र काज फिर्ता पनि नभएको अवस्थामा बीरगंजको भन्सार बीओपीमा राखी तस्करहरुसँग असुलीमा लगाएको आरोप छ ।यस बारेमा बिरगंज भन्सार सशस्त्र इन्स्पेकटर रबिन्द्र भट्टसंग फोन सम्पर्क गर्दा फोन उठेन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!