०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

अर्घाखाँची सिमेन्टमा एक मजदूरको मृत्यु घटना गुपचुप मिडियामा आएपछि मृतक परिवारलाई १०/१० लाख क्षतिपूर्ति

Logo
प्रकाशित सोमबार, फाल्गुण २२, २०७९

ABC (क्राईमबिट)
भैरहवा । घटना भएको एक महिनासम्म गुपचुप राखी थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदूरको मृत्यु भएको प्रकरण बाहिर आएसँगै परिवारले क्षतिपूर्ति पाएका छन्। रुपन्देहीको सियारी गाउँपालिका- २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ गते त्यहाँ कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो।
प्रहरीले घटनाको मुचुल्का गरेको भए पनि घटना बाहिर सार्वजनिक नगरी थामथुम पार्न खोजिएको थियो।
सीमा नाकाबाट कुखुरा र चल्ला बरामद गर्दा समेत मिडियाबाजी गर्ने रुपन्देही प्रहरीले चार जना मजदूरको ज्यान गएको घटना गुपचुप राखेको थियो। एक महिनापछि भए पनि सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भने चार कामदारका परिवारले प्रतिपरिवार १० लाखका दरले क्षतिपूर्ति पाउने भएका हुन्।
अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रवन्धक उद्धव कार्कीले बीमाबापतको रकम र सरकारी मापदण्ड अनुरूपको सुविधामाथि उद्योगले तीन लाख थपेर प्रतिपरिवार १०/१० लाख रुपैयाँ दिइएको बताए।
गत माघ १६ गते भएको घटनामा भारतको उत्तरप्रदेश फतेहपुर जिल्ला ग्रामका ५० वर्षीय जितेन्द्र कुमार, बिहारको गोपालगञ्ज ग्रामका २७ वर्षीय शशिकान्तकुमार कुशवाह, समस्तीपुर ग्रामका ४८ वर्षीय श्रीराम सिंह र रुपन्देहीको कोटहीमाई- ४ का ३८ वर्षीय अङ्गद हरिजनको मृत्यु भएको थियो।
उद्योगको कोल मिलको ब्याग हाउसमा कोइला अत्यधिक तातेका कारण भएको आगलागीमा उनीहरूको मृत्यु भएको थियो।
रुपन्देही प्रहरीका अनुसार भैरहवास्थित युनिर्भसल शिक्षण अस्पतालमा उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो।
सोही घटनामा २ जना घाइते समेत भएका थिए। घाइते हुनेमा भारतको उत्तरप्रदेश महाराजगञ्जका ४३ वर्षीय शिवलाल हरिजन र बिहारका ४१ वर्षीय राजकिशोर यादव छन्।
उनीहरू अहिले निको भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!