०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

कोहलपुरमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २३, २०७९

ABC (क्राईमबिट)                                                         बाँकेको कोहलपुरमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ सवा ५ बजे कोहलपुर नगरपालिका-११ न्युरोडस्थित होटल अतिथि अगाडि एक पुरूषमाथि ६-७ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

जाजरकोट बारेकोट गाउँपालिका-३ बस्ने ३५ वर्षीय अमरबहादुर खड्कामाथि कुटपिट भएको हो।

जावा लेखिएको रातो रंगको मोटरसाइकलमा सवार दुई जना र अन्य ४-५ जनाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ।

सिसाको बोतलले हान्दा टाउकोमा चोट लाग्दा खड्का गम्भीर घाइते भएका थिए।

उक्त खबरपछि इलाका प्रहरी कार्यालयबाट डिएसपी सुन्दर तिवारी नेतृत्वको टोली खटिएको थियो। टोलीले घाइतेको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाएको थियो। त्यहाँबाट नर्सिङहोम नेपालगन्जमा रिफर गरिएको छ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

हुम्ला चङ्गखेली गाउँपालिका-३ बस्ने २४ वर्षीय मुकुन्द चौलागाई र कोहलपुर-१२ बस्ने २२ वर्षीय रोहित रोका मगर पक्राउ परेका छन्।

उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ। अन्यको प्रहरीले खोजी गरिरहेको डिएसपी घर्तीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!