०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

विमानस्थलको धावनमार्गमै मोटरसाइकल ‘ट्रायल’ गर्छन् प्रहरी र कर्मचारीहरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २३, २०७९

(ABC-Sanchar) काठमाडौ । करोडौँ खर्च गरेर कालोपत्रे गरिएको रुम्जाटार विमानस्थलमा पछिल्लो ४ वर्षयता एउटा पनि उडान भएको छैन ।

धावनमार्गमा उडान नभएपछि सर्वसारधरणले गुमफिर गर्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेको त सामान्य जस्तो नै भैसकेको छ । तर हुँदाहुँदा अहिले त विमानस्थलमै मोटरसाईकल सिक्ने र सिकाउने थलो बनेको पाइएको छ ।

शुक्रबार विमानस्थलमा घुम्न गएका केही विद्यार्थीले तस्वीर खिच्ने क्रममा एउटा अचम्मको दृश्य कैद भयो । दृश्यमा धावनमार्गमै एउटाले मोटरसाइकल सिकाएको र अर्कोले सिकिरहेको देखिन्छ । मोटरसाईकल सिक्ने र सिकाउने मध्ये एकजना प्रहरीकै पोशाकमा थिए भने अर्का एकजना सादा पोशाकमा छन ।

दुवैजना विमानस्थल सुरक्षामा खटिएका कर्मचारी जस्तै देखिन्छन् । उनिहरुले चलाएको मोटरसाइकल पनि सेतो प्लेट अर्थात सरकारी नै छ । दृश्यमा उक्त मोटरसाईकलको नम्बर प्रष्ट नदेखिएको भएपनि नम्बर प्लेट सेतो भएकाले सरकारी नै हो भनेर सहजै अनुमान गर्न सकिन्छ ।

उनिहरुले पहिल्यै देखी धावनमार्गमा मोटरसाईकल सिक्ने र सिकाउने गरेको हो की रु पहिलो पटक हो रु भन्ने बारे भने एकिन भैसकेको छैन । विमानस्थलमा घुम्न गएका विद्यार्थीहरुलाई भने उनिहरुले छिटो छिटो बाहिर जानु भन्दै राम्रोसंग घुम्न समेत नदिएको ति विद्यार्थीहरुले बताएका छन् ।

रुम्जाटार विमानस्थल सुरक्षाका लागि भनेर असई भुपेन्द्रप्रसाद मण्डलको कमाण्डमा अहिले ७ जना प्रहरी परिचालित छन । विमानस्थलमै मोटरसाईकल सिकेको र सिकाईएको बारे विमानस्थल सुरक्षा प्रमुख मण्डलले भने बुझेर प्रतिक्रिया दिईने बताए ।

धावनमार्गमा त्यस्तो गर्न नपाईने भन्दै उनले मोटरसाईकल सिक्ने र सिकाउने दुवैलाई अनुसन्धान गरेर कारबाही हुने समेत बताएका छन । विमानस्थलमा अहिले नागरिक उड्ययन प्राधिकरणका एकजना कार्यालय सहयोगी बाहेक अन्य कोहि पनि कर्मचारी छैनन् ।

मोटरसाईकल सिक्ने र सिकाईएको बारे बिमानस्थल सुरक्षा प्रमुखसंग प्रतिक्रिया लिएको केहि समयपछि कार्यालय सहयोगी राजकुमार राईले टेलिफोन गरेर उक्त मोटरसाईकल विमानस्थल कर्मचारीकै प्रयोजनको रहेको बताए ।

कार्यालयमा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधी (कर्मचारी) नभएको र मोटरसाईकल पार्किङमा राखेको लामो समय भएकाले मोटरसाईकल सिक्ने र सिकाउने नभई विग्रिन सक्छ भनेर स्टार्ट गरेर विमानस्थलकै छेउछाउ कुदाइएको तर धानवमार्गमा नलगिएको उनले दाबी गरे ।

उनका अनुशार मोटरसाईकल विमानस्थल सुरक्षामा खटिने कर्मचारीले नै चलाएका हुन् । उनले धावनमार्गमा नलगिएको दाबी गरे पनि दृश्यमा धानवमार्गमा मोटरसाईकल चलाएको प्रष्ट देखिन्छ ।

नियमित उडान हुने विमानस्थलमा सामान्य रुपमा सर्वसाधरणले हिँडडुल गर्न समेत पाईँदैन । रुम्जाटार विमान स्थलमा पछिल्लो समय उडान त हुँदैन तर उडान भएको छैन भन्दैमा यतिसम्म लापरबाही गर्न पनि छुट छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!