०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रहरी हुँदाहुँदै क्षेत्राधिकार बाहिर गएर नगर प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि तनाव उत्पन्न

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकामा हुने विभिन्न थरिका आन्दोलनको केन्द्रविन्दु बन्दै आएको स्थान हो, माइतीघर मण्डला । यहाँ दिनहुँजसो कुनै न कुनै समूहले विभिन्न नाममा प्रदर्शन गरिरहेको हुन्छ र यातायातमा अवरोध पुगिराख्छ ।

गत शुक्रबार पनि यही सदाबहार दृष्य दोहोरिएको थियो । प्रदेश १ लाई कोशी नामाकरण गरिएको विरोधमा केही व्यक्तिहरू प्रदर्शनमा उत्रेका थिए । सधैँजस्तो प्रहरीले आन्दोलनस्थलबाट सवारीसाधनहरू डाइभर्ट गर्न ब्यारिगेट बनाएर बसेको थियो ।

बिहान करिब ११ बजेतिर एउटा गाडी प्रहरीको ब्यारिगेट नजिक रोकियो । गाडीबाट दाह्री र चश्मासहित एक चिरपरिचित अनुहार आक्रोशित भावमा बाहिर निस्किए । उनी थिए, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह । बालेनसँगै उनका पीए पनि बाहिर आए ।

घटनास्थलमा रहेका एक प्रहरीका अनुसार साहले सरासर आएर जंगिँदै प्रहरी ब्यारिगेटमा लात्ती हाने । उनका पीएसओले चाहीँ सुरक्षा कमाण्ड गरिरहेका प्रहरीसँग त्यो स्थान खाली गराएर यातायात सूचारु गर्न आग्रह गरे । तर, प्रहरीले मानेन । यहाँ आन्दोलन रोक्ने अनुमति नभएको बताएपछि बालेन र पीएसओ दुवै गाडीमा चढे । गाडी त्यहाँबाट ब्याक भयो र अर्को बाटोबाट हुइँकियो ।

त्यसको करिब एक डेढ घन्टापछि महानगरपालिका अन्तर्गतको नगर प्रहरीको गाडी त्यहाँ आइपुग्यो । नगरप्रहरीहरू गाडीबाट ओर्लेर आन्दोलनमा हस्तक्षेप गर्न थाले । उनीहरुले आन्दोलनकारीका ब्यानर खोसे । प्रहरी हुँदाहुँदै क्षेत्राधिकार बाहिर गएर नगर प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको थियो । प्रहरी र नगरप्रहरीबीच नै मुठभेडको खतरा उब्जियो । त्यहाँ कमाण्ड गरिरहेका प्रहरी अधिकृतले माथिल्लो निकायमा सम्पर्क गरे । माथिबाट ‘जो भए पनि पक्राउ गर्ने’ आदेश प्राप्त भयो ।

त्यसपछि केहीबेर प्रहरी र नगर प्रहरीहरूबीच चर्काचर्की भएको हामीलाई प्राप्त भिडिओ फुटेजमा देखिएको छ । प्रहरीले पक्राउ गरेर लैजान चेतावनी दिएपछि नगरप्रहरी हच्किए र आफ्नो बाटो लागे । उनीहरू घटनास्थलबाट निस्किएर हुरुरु महानगरको गुडिरहेको गाडीमा चढेका थिए ।

यस विषयमा एक सुरक्षा अधिकृतले बालेनको शैलीप्रति आलोचना गरेका छन् ।

‘यहाँ दिनहुँ हुने आन्दोलनले यातायात अवरोध पुगिरहेको सत्य हो । यसलाई दिर्घकालीनरूपमा हटाउने हो भने महानगरले गृहमन्त्रालय र नेपाल प्रहरीसँग नै समन्वय गर्नुपर्ने हुन्छ । तर, उहाँले अस्वाभाविक व्यवहार देखाउनुभयो । प्रहरीले सुरक्षा दिइरहेको स्थानमा नगर प्रहरी पठाएर ‘टसल’ निम्त्याउनु मुर्खतापूर्ण हो,’ ती अधिकृतले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!